आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित, अब भोलि बस्ने

काठमाण्डौ, फागुन १६ । प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हिजो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्