ताप्लेजुङबाट निधन भएका सबैको शव लिएर काठमाण्डौ उड्यो सेनाको हेलिकप्टर

काठमाडौं, फागुन १६ । हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङबाट काठमाण्डौ उडेको छ ।

सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाण्डौ पठाउने निर्णय गरेको थियो ।

ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्‍याइएकोमा बाँकी तीनजनाको शव बिहीबार बिहानमात्रै सुकेटार पुर्‍याइको हो ।

खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए ।

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा सातजनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्