पाकिस्तान सुपर लिग: सन्दीप लामिछानेले ४ विकेट लिए

काठमाडौ, १५ फागुन । पाकिस्तान सुपर लिग (पिएस्एल्)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । आज बुधबार भएको खेलमा उनले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिएका छन् ।

लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत छैठौं खेलमा क्वेटा ग्ल्याडीयटर्सविरूद्ध उत्रिएका सन्दीपले ३ ओभर भित्रै ४ विकेट लिएका थिए । उनले अन्तिम ओभरमा भने विना विकेट २ रन खर्चिए ।
उनले पहिलो ओभरमा १ विकेट लिएर ३ रन खर्चिएका थिए । पहिलो विकेटका रूपमा सेन वाट्सनलाई एलबिडब्लुको धरापमा पारे ।

फेरी खेलको दोस्रो ओभर खेलेका सन्दिपले २ रनमात्र खर्चिएर २ विकेट लिए । दोस्रो विकेटको लागि लामिछानेले रिले रोस्वोलाई पाँचौ ओभरको पहिलो बलमा आउट बनाए त्यस्तै यही ओभरको अन्तिम बलमा लामिछानेले उमर अकमललाई बोल्ड गरेका थिए ।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभरमा लामिछानेले ३ रन खर्चिएर १ विकेट लिए । उनले ओभरको तेस्रो बलमा डानिस आजिजलाई आउट बनाए।

सन्दीपको टोली लाहोरले प्रतियोगितामा खेलेका ५ मध्य २ खेलमा जित र ३ मा हार बेहोरेको छ । ४ अंक बोकेको लाहोर अंक तालिकामा पाँचौ स्थानमा छ। सन्दीपले प्रतियोगिताको २ खेलमा मात्र खेलेका छन् । यसक्रममा उनले अहिलेसम्म ८ विकेट हात पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्