पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ , फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो।

मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्