माछापुच्छ्रे बैंकको एटिएम विस्तार, कुल एटिएम सङ्ख्या ११५ पुग्यो
काठमाडौं, १४ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ । बैंकले मंगलबार लितपुर महानगरपालिका स्थित ३.नं. वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो ।
एटिएमको उद्घाटन ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले गर्नुभयो । यस एटिएम को सुरुवात सँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।
बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमास सम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्त सम्ममा रु. ८५ अर्व १७ करोड निक्षेप परिचालन गरी रु.७४ अर्व ६५ करोड कर्जा प्रवाह गरेको छ ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।














प्रतिक्रिया दिनुहोस्