उपसचिव सञ्जेलले भने -सरकारबाटै अन्यायपूर्ण व्यवहार भयो ! अब सर्वोच्च अदालत जान्छु ‘

काठमाडौं , फागुन १४ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि सरकारबाटै अन्यायपूर्ण व्यवहार भएको बताएका छन् । साथै उनले यस्तो अन्यायपूर्ण व्यवहार भएको भन्दै अदालत जाने समेत बताएका छन् ।

सञ्जेलले इतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा एकरदुई दिन भित्रै सर्वोच्च अदालत जाने बताएका हुन् ।

७० दिने सुरुवा गरेर हाजिर नै गर्न नदिएको र तलबसमेत रोक्का गरेपछि आफू त्यसको विरुद्धमा कानुनी उपचारको लागि अदालत जान लागेको उनले बताए ।

निजामती सेवा ऐन(२०४९ को दफा ९१८० को उपदफा ९३० को खण्ड (ख० अनुसार आफूलाई मोरङमा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्थाको उल्लंघन गर्दै ७० दिनमा सरुवा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालउपर सोही ऐनको उपदफा ९१२० बमोजिम विभागीय कारबाही गर्नुपर्ने सञ्जेलले माग गरेका छन् ।

आफुलाई गरिएको सरुवा नै गैरकानूनी रहेको र सो सरुवा बदर गरि पाउँ भनेर तीन पटक आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालयमा लिखित अनुरोध समेत आफुले गरिसकेको उनले बताए । यो कुरा आफै स्वयमले प्रधानमन्त्रीलाई समेत जानकारी दिए तर ६५ दिन बित्दासमेत अहिलेसम्म यसबारेमा कुनै सुुनुवाई नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्