आईसीसी टी २० महिला विश्वकप क्रिकेटमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, १३ फागुन । आईसीसी टी २० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनौटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै छ । थाइल्यान्डको बैंकक आज नेपालले आईसीसी टी २० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनौटमा आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
चीन अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । चीनलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रुपमा देखा पारेको छ ।
चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलम जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहँदा दोस्रो स्थानमा भने यूएई रहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । आजको जित हात मार्न नेपाललाई अवसर र चूनौती दुवै छ ।
प्रतिक्रिया दिनुहोस्