खेलकुदमन्त्री बिक भन्छन्- खेलको माध्यमबाट देशलाई समृद्ध बनाउन सकिन्छ ‘

काठमाडौं, फागुन १२ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्माले नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिकाको अयोजनमा आइतबारबाट सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले देशले लिएको शान्ति, सुशासन र समृद्धिसहितको दीगो विकासको लक्ष पूरा गर्नको लागि पनि खेल आवश्यक रहेको बताए ।

देशमा हिउँ, पानी, हावा आदिमा खेलिने खेलकुदको माध्यमबाट बाहृय पर्यटकहरुलाई समेत भित्र्याइ समृद्धिको बाटोमा अघि बढ्ने सम्भावन रहेको उनले बताए ।

खेलले अनुशासित बनाउने भएकाले त्यसले सुशासन कायम गर्न मद्धत पुर्‍याउने उनको भनाइ थियो ।

मन्त्री बिश्वकर्माले खेलमा गरिने खर्चले स्वास्थ्यमा गर्ने खर्च घटनाउने पनि बताए । ‘खेलले मानिसलाई स्वास्थ्य बनाउँछ, जसले स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने लगानी घटाउँछ,’ उनले भने । खेल तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्