संसदीय सुनुवाई समितिको बैठक स्थगित ! अब अर्को बैठक कहिले त ?
काठमाडौं, फागुन १२ । संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ ।गणपुरक संख्या नपुगेपछि बैठक स्थगित हुन पुगेको हो ।
मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आजको बस्ने भनिएको थियो ।
संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो ।
यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो । बैठक नै स्थगित भएपछि त्यो विषयमा पनि आज निर्णय हुन सकेन ।
मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध भने नागरिकता लगायत विषयमा उजुरी परेकाले छानबिनका लागि कागजपत्र मगाएको सचिवालयले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्