कर्णाली प्रदेशमा डेढ सय स्वयंसेवकको माग
काठमाडौं, फागुन ११ । कर्णाली प्रदेश सरकारले स्वयंसेवक छनौंटको प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा करिब डेढ सय जना स्वयंसेवकका लागि आवेदन आह्वान गरेको छ ।
सामाजिक विकास मन्त्रालयले मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, रेडियो ग्राफी, ल्याव असिस्टेन्ट, सिभिल सव इन्जिनियर, कृषि तथा भेटनरी जेटीए, असिस्टेन्ट सव इन्जिनियर, मेडिकल अफिसरलगायतका पदमा स्वयंसेवक आह्वान गरेको हो । मन्त्रालयले अनलाइनमार्फत स्वयंसेवकका लागि आवेदन आव्हान गरेकोे छ ।
स्वयंसेवक परिचालन कार्यविधि–२०७५ अनुसार प्रदेश अन्तर्गत १० वटै जिल्लाबाट आवेदन माग गरिएको हो । विषयगत क्षेत्रमा स्वयंसेवक भई काम गर्नका लागि स्वयंसेवा गर्न इच्छुक नागरिकले अनलाइनबाट फर्म भर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
मन्त्रालयले सबै पदका लागि १८ वर्ष पुरा गरि ४० वर्ष ननाघेका उमेर समुहका नागरिकले आवेदन दिन सक्ने छन् ।














प्रतिक्रिया दिनुहोस्