भारतमा फेरि अर्को दुर्घटना: कार पार्किङमा आगो लाग्दा १०० गाडी जलेर भए खरानी
काठमाण्डौ , फागुन ११ । भारतको बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा एउटा अर्को दुर्घटना घटेको छ । जसमा लगभग १०० गाडी जलेर खरानी भएका छन् ।
शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी हुँदा त्यसमा जलेर सयौं गाडी खरानी भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।
यो भन्दा पहिले पनि एरो इण्डिया शोका क्रममा सूर्यको किरणका कारण ठूलो दुर्घटना घटेको थियो । कर्नाटक अग्नि नियन्त्रण विभागले बताए अनुसार समयमै दमकल घटनास्थलमा पुगेको थियो ।
सुकेको घाँसमा लागेको आगोले भयानक रुप लिएपछि वायुमण्डल नै धुवाँले घेरिएको छ । धुवाँको कारण एरो इण्डिया शो केही समयको लागि स्थगित गरिएको छ र आकाश सफा बनेपछि मात्र एरो शो पुनः सञ्चालनमा आउने छ ।
अग्नि नियन्त्रण विभागका उप निर्देशकका अनुसार एक सय भन्दा बढी कारहरु यस डढेलोमा जलेका छन् । साथै कारहरुलाई पार्किङबाट हटाएर डढेलो नियन्त्रण गर्न सजिलो भइरहेको र यस घटना मानवीय क्षति नभएको उनले बताएका छन् ।
सुकेको घाँस र जोरको हावाका कारण आगो लागेको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्