सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गयो, लाग्यो एक्कासि आगो

काठमाडौं, फागुन ११ । सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ। सर्लाहीको बरहथवा नगरपालिका – १६ गंगापुरमा ट्रयाक्टर पल्टिँदा हरिपुर नगरपालिका – १ का २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो । ।

शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटनामा परेको हो ।

गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै ज्यान गएको हो।

परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्