डीपीएल: उपाधिका लागि महेन्द्रनगरले सीवाइसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दियो

काठमाडौं, फागुन ११ । धनगढी प्रिमियर लिगको उपाधिका लागि अहिले महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई एक सय २४ रनको लक्ष्य दिएको छ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा गुमाउँदै एक सय २३ रनमा अलआउट भयो । उसले ११ रन बनाउदा पहिलो विकेट गुमायो ।

ओपनर मोहम्मद नाभिद १० रनमा आउट भए । त्यसपछि उसले १४ रनमा दोस्रो विकेट खेर फाल्यो । जसमा सब्रमनियम आनन्द मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि उसले ४२ रन बनाउँदा थप दुई विकेट गुमायो ।

जसमा आरिफ शेख ११ रनमा आउट भए भने कप्तान शरद भेषावकरले खाता खोल्न सकेनन् । त्यसपछि दिलीप नाथ र कुशल मल्लले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।

कुशल ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ९३ रनमा पाँचौ विकेट झर्यो । त्यसपछि राम्रो ब्याटिङ गरिरहेका दिलीप नाथ ४३ रनमा आउट भएपछि महेन्द्रनगरले ९७ रनमा छैटौं विकेट खेर फाल्यो ।

महेन्द्रनगरको स्कोर एक सय सात रन हुँदा अमरसिंह रौटेला मात्र एक रनमा सातौ विकेटका रुपमा आउट भए ।

उसले स्कोरबोर्डमा अरु सात रन जोड्दा थप एक विकेट गुमायो । अभिनाश बोहोरा खाता खोल्न नपाउँदै आउट भए । उसका रोहितकुमार पौडेलले २४ रन बनाए । बलिङमा दिपेन्द्र राउत र दिपेन्द्रन ऐरीले दुई दुई विकेट लिए

प्रतिक्रिया दिनुहोस्