जम्मू-कश्मीरका ‘विखण्डनकारी’ नेता यासिन मलिक पक्राउ, पक्राउपछि सीमामा हलचल, सुरक्षा फौज बढाईयो

काठमाण्डौ , फागुन ११ । जम्मू-कश्मीरको विखण्डनमा लागिपरेकाहरुमाथि गरिएको विशेष कारबाहीमा शुक्रबार राति जम्मू(कश्मीर लिबरेसन फ्रन्ट (जेकेएलएफ) का प्रमुख यासिन मलिकलाई हिरासतमा लगिएको छ ।

पुलवामा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको आतंकवादी हमलाको आठ दिनपछि यो कारबाही अघि बढेको हो ।

भारतीय समाचार एजेन्सीले बताएअनुसार अन्य विखण्डनकारी नेताहरुलाई भने पक्राउ गर्न सकिएको छैन । अहिले त्यहाँ प्रहरी र अर्धसैनिकहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

समाचारका अनुसार यासिन मलिकलाई गएराति उनको मायसुमास्थित आफ्नै घरबाट हिरासतमा लगिएको थियो । त्यहाँबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कोठीबाग थाना लिएर गएका छन् । उनलाई २६ फेब्रुअरीको आसपासमा भारतीय संविधान अनुच्छेद ३५ को ‘ए’ मा रहेर सजाय सुनाइने बताइएको छ ।

योभन्दा अगाडि पुलवामा हमलापछि सरकारले यासिन मलिक र अन्य केही नेताहरुको सुरक्षा फिर्ता लगेको थियो । तर यस विषयमा मलिकले भने राज्यको तर्फबाट उनलाई कुनै पनि सुरक्षा नमिलेको बताएका छन् ।

यता पक्राउ गरेपछि जम्बू काश्मिरमा सुरक्षा सतर्कता बढाईएको छ। एक साता अघि सरकारले दिएको सुरक्षा फिर्ता लिईएको अलगाववादी नेताहरुलाई भारतले पक्राउ गरेपछि त्यहाँ हुनसक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै सुरक्षा फौज समेत बढाईएको छ।

भारत सरकारको यो गतिविधिले केही दिनमा नै जम्बू काश्मिरमा सैनिक युद्ध हुने सम्भावना देखिएको छ।

उता, पाकिस्तानले पनि आफ्ना सैनिकहरुलाई र अस्पतालमा समेत उच्च सतर्कता अपनाउनको लागि निर्देशन दिईसकेको छ भने भारतले आतंकवादी संगठन भन्ने पाकिस्तानी धार्मिक संस्था जैश(ए(मोहम्मदको मुख्यालयमा पाकिस्ताले उच्च सतर्कता अपनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्