राष्ट्रपतिद्वारा तीनओटा विधेयक प्रमाणीकरण

काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीनओटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रमाणीकरण गरेकी हुन् ।

संघीय संसदका दुवै सदनका बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्