काठमाण्डौ गोल्डेन्सद्वारा डीपीएल क्रिकेट प्रतियोगिता बहिष्कार

काठमाडौ, फागुन १० । धनगढीमा जारी धनगढी प्रीमियर लिग डीपीएल क्रिकेट प्रतियोगिता काठमाण्डौ गोल्डेन्सले बहिष्कार गरेको छ ।

आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर खेल अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएका कारण बहिष्कार गरेको हो ।

नियमविपरीत बलिङ गरेको भन्दै काठमाण्डौका महत्वपूर्ण खेलाडीसमेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाण्डौ आयोजकसँग रुष्ट बनेको थियो ।

काठमाण्डौ गोल्डेन्सका एक पदाधिकारीले भने, ‘विदेशी खेलाडीमा टिमले धेरै लगानी गरेको हुन्छ, उनलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने ।’ जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।

‘पाँच म्याचसम्म खेल्दा गलत देखिएन, छैटौं म्याचमा आएर खराब बलिङ भन्ने, यो निर्णय पूर्वाग्रही देखियो’, काठमाडौका पदाधिकारीले भने ।
जुनसुकै खेलाडिको पनि बलिङमा

जुनसुकै खेलाडीको पनि बलिङमा शंका लागेको अबस्थामा धेरै प्रकारको आबश्यक अनुसन्धान भएपछि ठहर गरेर मात्र प्रतिबन्धको निर्णय लिइन्छ । तर यसमा कुनै किसिमको अध्ययन अनुसन्धान नगरिकनै यस्तो प्रतिबन्ध लगाइएको काठमाण्डौ गोल्डेन्सले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्