चेल्सी र आर्सनल युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा

काठमाडौं, फागुन १० । इंग्लिस फुटबल क्लबहरु चेल्सी र आर्सनल युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मो फुटबल क्लबलाई ३–० ले हरायो । पहिलो लेगको खेल २–१ ले जितेको चेल्सी समग्रमा ५–१ को परिणाम निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

गएराति भएको अर्को खेलमा आर्सनलले रोमानियाको बाते बोरिसोभलाई ३–० ले हरायो । पहिलो लेगको खेल १–० ले हारेको आर्सनल समग्रमा भने ३–१ ले विजयी भयो ।

युरोप लिगका अन्य खेलहरुमा विजयी हुँदै स्पेनका सेभिया, भ्यालेन्सिया र भियारियाल, ईटालीका ईन्टर मिलान र नापोली, पोर्चुगलको बेनिफिका र युक्रेनको डाईनामो किभ पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्