रुपन्देहीलाई एक रनले हराउँदै महेन्द्रनगर डीपीएलको क्लालिफायरमा, रूपन्देही बाहिरियो

काठमाडौं, फागुन ९ । महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग ९डीपीएल० टी–२० क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

बिहीबार इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्समाथि १ रनको सनसनीपूर्ण जित हासिल गर्दै महेन्द्रनगर क्वालिफायरमा पुगेको हो ।

कैलालीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

महेन्द्रनगरका लागि कप्तान शरद भेषावकरले सर्वाधिक २९ रन, सुब्रमनियम आनन्दले २०, अमरसिंह रौटेलाले १९, मोहम्मद नाभिदले १८ तथा आरिफ शेख र अविनाश बोहाराले समान ११र११ रन योगदान दिए ।

बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले ४, पुनित मेहराले ३ र कप्तान वसन्त रेग्मीले २ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको रुपन्देहीले २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रनमात्र बनाउन सक्यो ।

प्रदीपसिंह ऐरी र बाबर हायतले समान २८र२८ तथा विनोद भण्डारीले २३ रन जोडे ।

बलिङतर्फ महेन्द्रनगरका अविनाश बोहोराले २ विकेट लिए ।

हारसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार काठमाडौं गोल्डेन्ससँग दोस्रो क्वालिफायर खेल्नेछ ।

काठमाडौंले पहिलो क्वालिफायरमा बुधबार सीवाइसी अत्तरियासँग ४१ रनको हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्