१३ सदस्यीय प्रतिनिधिमण्डलसहित अष्ट्रियाकी विदेशमन्त्री काठमाण्डौमा, कारण यस्तो छ !
काठमाण्डौ , फागुन ९ । अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन क्नेइस्सल बिहीबार काठमाडौं आएकी छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन नेपाल आएकी हुन्। नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘नेपाल(अष्ट्रिया सहकार्यको ६० वर्ष’ कार्यक्रमलाई सम्बोधन गर्नेछिन् ।
विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि छन् । विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेशमन्त्री करिनको टोलि फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।














प्रतिक्रिया दिनुहोस्