सरकारले ग¥यो समाज कल्याण परिषद्‌मा भ्रष्टाचार गर्ने उपाध्यक्ष बरालसहित ५ पदाधिकारी पदमुक्त

काठमाडौं, फागुन ९ । सरकाले समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालसहित ५ पदाधिकारीलाई पदमुक्त गरेको छ।

कानुनविपरीत काम गरेको भन्दै बरालसहित कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरिएको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी गराएका हुन्।

बदनियतपूर्ण र कानुनविपरीत काम गरेकाले सरकाले उहाँहरुलाई पदमुक्त गरेको छ,ु उनले भने, परिषद्लाई हानि पुर्याएकाले आर्थिक, प्रशासनिक अनियमितताबारे थप अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको छ।ु

समाजकल्याण परिषद्मा व्यापक अनियमितता भएको आरोप छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो। विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित उक्त छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्