थाइल्यान्डसँग नेपालको फराकिलो हार

जागरण न्युज
काठमाडौं, ९ फाल्गुन । आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोली थाईल्यान्डसँग ५७ रनले पराजित भएको छ । १ सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर मात्र ६७ रन बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले ४४ बलमा १ चौका प्रहार गर्दै सर्वाधिक २९ रन बनाइन । नेपालले ओपनर काजल श्रेष्ठलाई पहिलो ओभरको अन्तिम बलमा ब्यक्तिगत १ रनमा गुमाएको थियो । दोस्रो ओभरको तेस्रो बलमा नाट्या बुचाथमले रोमा थापालाई १ रनमा एलपी डब्लू आउट गरिन ।

पाँचौ ओभरको दोस्रो बलमा कप्तान रुविना क्षेत्री ३ रनमा रन आउट हुन पुगेपछि नेपाल ८–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि इन्दु बर्मा र सिता राना मगरले १५.४ ओभर सम्म ५४.४ को अवस्थामा पुर्याएपछि नेपालको हार निश्चित नै बनेको थियो ।

सिता र बर्माले चौथो विकेटका लागि ११ ओभरमा मात्र ४६ रनको साझेदारी गरेका थिए । सिता राना मगरले ३४ बलमा १ चौका प्रहार गर्दै १८ रनमा क्याच आउट भईन ।

नेरी थापा २, सरिता मगर १ करुणा भण्डारीले ३ रन बनाए । थाईल्यान्डका लागि सोरनार टिप्पोचले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन । नाट्या बुचाथम, सुलेपोर्न लाओमी,चानिदा सुथिरुंगले समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्