दिल्ली–काठमाडौं चल्ने बसमार्फत् तस्करी , गरियो ७१ लाखको सामान बरामद

काठमाडौं, फागुन ८ । दिल्ली–काठमाडौं चल्ने बसमार्फत तस्करी हुने गरेको पाइएको छ। ना ४ ख ९७५३ नम्बरको बसमार्फत तस्करी हुने गरेको पाइएको हो।

महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नयाँ बसपार्कमा पार्किङ गरेको अवस्थामा बसबाट भन्सार छलेर ल्याएको सामान बरामद गरेको थियो।

बसमा फल्स बटम बनाएर ७१ लाख ४८ हजार ५ सय रुपैयाँ बराबरको तस्करी भएको सामान महाशाखाले बरामद गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उक्त बसबाट प्रहरीले विभिन्न कपडा, औषधि, इलोक्ट्रोनिक सामानहरू बरामद गरेको जनाएको छ।
उक्त बसमार्फत भन्सार छलेर विभिन्न सामान काठमाडौं भित्र्याउने गरेको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले बससहित सामान नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्