किन पुगे ६ वटा प्रदेशका प्रमुखहरु राष्ट्रपति भेट्न शीतलनिवास ?
काठमाडौं, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रदेश नम्बर १, प्रदेश नम्बर २ प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कणाली प्रदेशका प्रमुख बुधबार शीतल निवास पुगेका हुन् ।
उक्त भेटका अवसरमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ–आफ्ना अनुभवहरु जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुली पराजुलीले जानकारी दिए ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ल प्रदेश प्रमुख रहेका छन् ।
अस्वस्थताका कारण सुदूरपश्चिम प्रदेशका प्रमुख मल्ल भने भेटमा सहभागि भएनन् ।














प्रतिक्रिया दिनुहोस्