नेपालको युवा फुटबल टिम भारतमा पराजित, बिहीवार त्रिपुरासँग खेल्ने

काठमाडौँ , फागुन ८ । नेपालको युवा फुटबल टिम भारतमा भइरहेको क्षेत्रिय प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ।

गुहावतीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल ९यू २१० गोल्डकपमा नेपालको एन्फा यू-२१ टोली भारतको मेघालय टिमसँग ३-२ ले पराजित भएको हो।

एलएनआइपिइ स्टेडियममा भएको खेलमा १५औँ मिनेटमा मेघालयले अग्रता लिएको थियो। रोवर्ट कोङले मेघालयको लागि पहिलो गोल गरेका थिए। ३८औँ मिनेटमा नेपालका रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमा खेल बराबरी गरे।

तर ७६औँ मिनेटमा शाइबोर नोनग्रमले गोल गर्दै मेघालयषलाई अग्रता दिलाए। इन्जुरी टाइममा फिगो सिन्डियाले गोल गर्दै मेघालयलाई ३-१ को अग्रता दिलाएका थिए। त्यसपछि नेपाली टोलीले पेनाल्टी पायो र प्रेजन तामाङले गोल गरे। तर त्यो नेपालको लागि हार टार्नका लागि ढिला भइसकेको थियो।

पुल बी मा रहेको नेपालले बिहीवार त्रिपुरासँग खेल्नेछ। पुल बी मा कूल ६ टिम छ भने पुल ए मा ५ टिम छ।

प्रतिक्रिया दिनुहोस्