सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश

काठमाडौं, फागुन ८ । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता टिमलाई ४१रनले हराउँदै अत्तरिया डीपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १० रन बनाएको थियो । मध्यम सुरुवात गर्दै अत्तरीयाले २६ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपन जयकिशन कोल्सावाला मात्र १३ रनमा आउट भए । त्यसको लगत्तै रित गौतम खाता नखोली पेभेलियन फर्किएपछि अत्तरीयाले दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्रसिंह ऐरी र सुविन्धु पाण्डेले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । अत्तरीयाको स्कोरबोर्डमा ६६ रन हुँदा तेस्रो विकेटका रुपमा कप्तान दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट भए । त्यसको लगत्तै अर्का खेलाडी सुविन्धु पाण्डे पनि पेभेलियन फर्किए ।

उनले १६ रन बनाए । पाँचौ विकेटका लागि सन्नी पटेल र जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गरेपनि दुबै खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि अत्तरीयाले एक सय ६ रनमा ६ विकेट गुमायो । सन्नी पटेल २८ रनमा आउट भए भने जितेन्द्र मात्र ६ रनमा पेभेलियन फर्किए । बलिङमा अंकित दबावस र शुर्य तामाङले दुई दुई विकेट लिए ।

जवाफमा अत्तरीया १८ ओभर दुई बलमा ६९ रनमा अलआउट भयो । खराव सुरुवात गरेको काठमाडौंले एक रन हुँदा पहिलो विकेट गुमायो भने १३ रन बनाउदा तीन विकेट खेर फाल्यो । ओपनर अनील शाहले खाता खोलेनन् भने महबुब आलम एक रनमा पेभेलियन फर्किए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल पनि ११ रनमा आउट भए । त्यसपछि अंकित दबास मात्र ६ रनमा आउट भएपछि काठमाडौंले ३९ रनमा चार विकेट गुमायो । उसका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन । एकपछि अर्को विकेट गुमाएको काठमाडौंले ६२ रन बनाउदा आठ विकेट खेर फाल्यो । अन्तत काठमाडौं ६९ रनमा अलआउट भयो । अब काठमाडौंले फाइनल प्रवेशका लागि फेरी एकपटक रुपन्देही र महेन्द्रनगर विचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्