सभापति देउवालाई १सय ५१ किलोको मालाले स्वागत

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाराको सिमरामा १५१ किलोको मालाले स्वागत गरिएको छ ।

बुधबार सिमरा आएका देउवालाई जितपुर–सिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १५१ किलोको माला लगाइदिएका हुन् ।

सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालय पुगेका देउवाले सन्चारकर्मीलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

उनी कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगन्जमा खुलेको होटल उद्घाटन गर्न आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्