कोमल वलीको गृहमन्त्री थापालाई प्रश्न : बमजनलाई किन पक्राउ नगरेको ?
काठमाडौं, फागुन ८ । सांसद कोमल वलीले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेकी छन् ।
‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले, हाम्रा छोरीहरुले भन्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन ?’ सांसद वलीले प्रश्न गरिन् ।
बुधबार राष्ट्रियसभा बैठकमा सांसद वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी हुन् ।
उनले प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसाग जवाफ मागिन् ।
जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए । ‘यो घटनालाई सरकारले हल्का रुपमा लिएको छैन,’ उनले भने गम्भीरतापूर्वक नै लिएको छ ।’ अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले राष्ट्रियसभामा जानकारी गराए ।
‘














प्रतिक्रिया दिनुहोस्