क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु
काठमाडौं, फागुन ८ । क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ ।
आगलागीमा परेर दुई जना घाइते भएका छन् । घरको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो । घटनामा परेर मृत्यु भएकाहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।
तर, सिरियाली नागरिक बस्दै आएको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । डेढ वर्षअघि क्यानडा पुगेको सिरियाली नागरिकको परिवार ६ महिना अघिदेखि यो घरमा बस्दै आएको बताइएको छ । घरमूलीको भने गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ ।
आगलागीको घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्