बागलुङमा जीप दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौ, ७ फागुन । बागलुङमा जीप दुर्घटना हँुदा तीन जनाकोको मृत्यु भएको छ । आज साँझ बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना भएको हो ।

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । यसको घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए ।

जीप सडकदेखि करीब ७०० मिटर तल खसेको हुनाले उक्त जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको समेत अधिकारीको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले उद्धारको कार्य भइरहेको र घटनाको विस्तृत विवरण आउन भने नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्