आज तेस्रो निर्वाचन दिवस मनाइँदै, राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने
काठमाण्डौ , फागुन ७ । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ आज तेस्रो निर्वाचन दिवस मनाइँदैछ ।
२०१५ साल फागुन ७ गते आमनिर्वाचनका लागि पहिलो पटक मतदान भएको दिनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन दिवस मनाउँदै आएको छ ।
दिवसका अवसरमा दिउँसो २ बजेपछि आयोगको कार्यालय परिसरमा विशेष्न समारोह आयोजना गरिएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ ।














प्रतिक्रिया दिनुहोस्