आज केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं , फागुन ७। काठमाण्डौसहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्