तुलसीपुरमा अब ‘स्मार्ट छोरी’
काठमाडौं, फागुन ७ । देशका विभिन्न भागमा भइरहेका बालिका अपहरण, बलात्कार र हत्याका घटनाले किशोरीलाई त्रस्त बनाइरहेको छ । अधिकांश छोरीले सामाजिक विभेद, हिंसा, दुर्व्यवहार र शोषणका कारण पनि आफूलाई कमजोर ठानिरहेका छन् तर तुलसीपुरका छोरीहरु भने अब आफूलाई कमजोर महसुस गर्नेछैनन् ।
उनीहरु छातीमा ‘स्मार्ट छोरी’ को लोगो लगाएर निर्धक्क हिँड्नेछन् । विद्यालय आउँदा–जाँदा उनीहरुको पहिचान बेग्लै हुनेछ । सबैले भन्नेछन्, ‘हाम्री स्मार्ट छोरी ।’
स्मार्ट सहरको योजना बनाइरहेको तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी अभियान थालेको हो । छोरीहरुमा समाजमा भइरहेको विभेद, हिंसा, दुर्व्यवहार र शोषणविरुद्ध सामना गर्न सक्ने आत्मविश्वास बढाउँदै स्मार्ट बनाउने योजना बनाइरहेको स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । –कान्तिपुर दैनिकबाट














प्रतिक्रिया दिनुहोस्