बार एशोसिएनलाई चुनाव लाग्यो, ६४ जनाको उम्मेदवारी
काठमाडौं, ६ फागुन । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएन यतिखेर चुनावी सरगर्मी बढेको छ । सोमबार २५ औं केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको छ । उमेद्वारी दर्ताका लागि एशोसिएसनको अध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १४ सदस्य गरी २५ पदका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।
एशोसिएनको नयाँ नेतृत्वका लागि मुख्य गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीनिकट कानून व्यवसायी र नेपाली कांग्रेस निकट कानून व्यवसायीबीच मुख्य प्रतिस्पर्धा हुनेछ । दुबैले अन्य साना दल निकट कानून व्यवसायी संस्थासँग मिलेर गठबन्धन बनाएका छन् ।
गठबन्धन बाहिरबाट पनि उम्मेदवारी परेको छ । बारको अध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा नेकपा निकटका एनएलए समूहका चण्डेश्वर श्रेष्ठ, कांग्रेस निकट डेमोक्रेटिक मधेसी, आदिवासी जनजाति तथा पेशागत समूहबाट सुनीलकुमार पोखरेल उम्मेदवार रहेका छन् । त्यस्तै डा.पुण्यप्रसाद खतिवडा, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुंगाना, लोकेन्द्रध्वज खाँड, गजेन्द्रबहादुर थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
८ जना उपाध्यक्षमध्ये महिला उपाध्यक्षमा एनएलएबाट रक्षा बस्याल र डीएलएबाट कविता थापाले उम्मेदवारी दिएका छन् ।
प्रदेश १ उपाध्यक्षमा एनएलएबाट मानबहादुर रुम्दाली र डीएलएबाट डिल्लीबहादुर कार्कीको उम्मेदवारी परेको छ । प्रदेश २ उपाध्यक्षमा एनएलएबाट रामचन्द्र सिंह र सुधीरकुमार कर्ण उम्मेदवार छन् । कर्ण राजपा निकट कानून ब्यवसायी हुन् जसलाई कांग्रेस निकटको डीएलएले समर्थन गरेको छ ।
प्रदेश ३ उपाध्यक्षमा एनएलएबाट ईश्वरीप्रसाद भट्टराई, डीएलएबाट राजेश्वर अधिकारी र भुपेन्द्रप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेश उपाध्यक्षमा एनएलएबाट सुरेन्द्र थापामगर र डीएलएबाट निरन्जनलाल राजभण्डारी, प्रदेश ५ उपाध्यक्षमा एनएलएबाट लीलाधर मरासिनी र डीएलएबाट सुनीलकुमार श्रेष्ठको उम्मेवारी परेको छ । कर्णाली उपाध्यक्षमा एनएलएबाट मीनबहादुर महत र डीएलएबाट उत्तमप्रसाद आचार्य, प्रदेश ७ उपाध्यक्षमा एनएलएबाट उमेशप्रसाद विष्ट र डीएलएबाट ठेकेन्द्रराज जोशीको उम्मेदवारी परेको छ ।
महासचिवमा एनएलए समूहबाट सुरेन्द्रबहादुर थापा र डीएलए समूहबाट लीलामणि पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै रामहरि त्रिपाठीले पनि महासचिवमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा एनएलए समूहका रुद्रप्रसाद पोखरेल र डीएलए समूहका तेजबहादुर रावलको उम्मेदवारी परेको छ ।
त्यस्तै सदस्यहरुमा दलिततर्फ मोहन साशंकर र रामनारायण विश्वकर्माको उम्मेदवारी परेको छ । मधेसी र मुस्लिम दुई पदका लागि पञ्चनारायण मण्डल, शेरमण यादव, वीरेन्द्रकुमार ठाकुर र मनोजकुमार चौधरीको उम्मेदवारी परेको छ ।
आदिवासी जनजाति दुई पदका लागि कल्पनाकुमारी भण्डारी, शिवाली जोशी, अञ्जु कायस्थ, सोनी रघुवंश र अनिता जधारीको उम्मेदवारी परेको छ ।
खुला क्षेत्रका ७ पदमा १७ जनाको उम्मेदवारी परेको छ । जसमा डीएलए समूहबाट गोविन्दप्रसाद सिग्देल, रमेशकुमार ढकाल, कृष्णभुषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेकप्रसाद सुवेदी उम्मेवार छन् ।
त्यस्तै डा। शिवराज पण्डित, चुरामणि भुसाल, गंगासागर खत्री, भीमसेन वञ्जरा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, वालकृष्ण गैरे, खिमानन्द अधिकारी, रामबहादुर मिजार र कविता शाहको पनि उम्मेदवारी परेको छ ।
उम्मेदवारी दरखास्तमा दाविविरोध गर्ने समय फागुन ८ गते दिउँसो १ बजेसम्म तोकिएको छ । दावीविरोध जाँचबुझपछि दोस्रो नामावली प्रकाशन फागुन ८ गते दिउँसो ४ बजे गर्ने निर्वाचन समितिले जनाएको छ ।
यस निर्वाचनले नेपाल बारको नेतृत्वसहित भावि रणनीति तय गर्ने छ ।














प्रतिक्रिया दिनुहोस्