स्वावलम्बन लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय धरान, सुनसरीले स्थानीय बाल विकास केन्द्रलाई भौतिक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
वित्तीय संस्थाले फर्निचर, खेलकुदका सामग्री, स्कूलब्याग साथै मनोरञ्जन सामग्री वितरण गरेको हो । ११ नं.वडा कार्यालयका वडाध्यक्ष बाबुलाल लामाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्री तथा केन्द्रलाई भौतिक सामग्री वितरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वित्तीय संस्थाले देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, समुदाय विकास साथै जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । प्रमुख अतिथि बाबुलाल लामाले समाजमा यस प्रकारको सहयोगले गरिव तथा विपन्न बालबालिकालाई टेवा पुग्ने बताए । केन्द्रका अध्यक्ष बीर बहादुर थापा मगलरे संस्थाले बालबालिकाका लागि सहयोग गरेकोमा संस्थालाई धन्यबाद दिए ।
कार्यक्रममा केन्द्रीय कार्यालय, काठमाडौंका वरिष्ठ प्रबन्धक निलकण्ड पौडेल, इलाका कार्यालय इटहरी, सुनसरीका कार्यालय प्रमुख श्यामलाल चौधरी, शाखा कार्यालय धरानका कार्यालय प्रमुख शिव कुमार श्रेष्ठलगायतका कर्मचारी तथा स्थानीयको सहभागीता रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्