२१ औ तिलोत्तमा गोल्डकपमा संकटा क्लब च्यासल युथ भिड्दै

कठमाडौं, ६ फागुन । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबबीच भिडने छन् ।

दिउँसो साढे २ बजेपछि एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा खेल सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संले जनाएको छ ।

सोमबारको बिजेता क्वार्टरफाइनलमा पुग्नेछ र उसले मनाङ मस्र्याङदीसँगको भेट पक्का गर्नेछ । आइतबार भएको खेलमा सडेन डेथमा सुनसरी ११ लाई हराउँदै आयोजक रुपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ । बिजेताले गोल्डकपसहित नगद ८ लाख ८० हजार र उपबिजेताले ५ लाख ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्