पाकिस्तानबाट आयात हुने सामानमा २०० प्रतिशत कर लगाउने भारतको निर्णय
काठमाडौं, फागुन ५ । भारतले पाकिस्तानबाट आयत हुने सामग्रीमा लाग्दै आएको आयत शूल्क २०० प्रतिशत बढाउने भएको छ ।
भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत र पाकिस्तानको सम्बन्धमा थप दरार आएको छ ।
भारतले आक्रमणमा पाकिस्तानको सीधा संलग्नता रहेको आरोप लगाएको छ । पाकिस्तानले इस्लामावाद स्थित भारतीय कुटनीतिज्ञलाई बोलाएर भारतले लगाएको आरोप निराधार रहेको भन्दै विरोध पत्र थमाएको छ ।
घटना लगत्तै पाकिस्तानलाई मोस्ट फेवर्ड नेशन्सको दर्जाबाट हटाएको भारतले शनिबार पाकिस्तानबाट आयत हुने सामानमा लाग्दै आएको कर तत्काल लागु हुने गरी २०० प्रतिशतले बनाउने निर्णय गरेको हो ।
वित्त मन्त्री अरुण जेट्लीले तत्काल लागु हुने गरी पाकिस्तानबाट भारत आयत हुने सबै सामानमा लाग्दै आएको कर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्