काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने

काठमाडौं, फागुन ५ । अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

जम्मू काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल ( सीआरपीएफ) का जवानका परिवारलाई आर्थिक सहयोग गर्ने भएका हुन् ।

अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

अमिताभका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई अमिताभले प्रत्येक शहिद परिवारलाई ५–५ लाख भारुको आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएका छन् । उनले यो सहयोगका लागि उचित प्रक्रियाको खोजी गरिरहेको पनि बताए ।

गएको वर्ष अमिताभले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्