विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य शहरमा काठमाडौं पाँचौं स्थानमा, अरु कुन शहर कतिमा ?

काठमाडौं, फागुन ५ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५औं स्थानमा परेको छ।

हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूकोे सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो।

‘सन २०१५ को भूकम्पका कारण रहर टुटेको सहर र शोकमा डुबेको काठमाडौं विस्तारै तंग्रिरहेको छ। पुनर्निर्माण र पुनरुत्थानको क्रममा रहेको काठमाडौं फेरी आफ्नो ऐतिहासिकता र मौलिकतातिर फर्किरहेको छ।

सहरका ऐतिहासिक स्थलहरू आफ्नो पूर्व महिमामा फर्केका छन्। शहरको ट्राफिक व्यवस्थापन र धुलो धुवाले उब्जाएको समस्या अवश्य छ। तरपनि काठमाडौं फेरी पुरानो सहरको पहिचान स्थापित गर्न उद्दत छ,’ लोन्ली प्लानेटले उल्लेख गरेको छ।

विश्वका दश उत्कृष्ट शहर

-कोपनहेगन, डेनमार्क

-सेञ्जेन, चीन

-नोभी साद, सर्बिया

-मियामी, अमेरिका

-काठमाडौं, नेपाल

-मेक्सिको सिटी, मेक्सिको

-डकार, सेनेगल

-सिएटल, अमेरिका

-जदार, क्रोएसिया

-मेक्नेस, मोरक्को

प्रतिक्रिया दिनुहोस्