प्रेस काउन्सिलमा आचारसंंहिता उल्लङ्घन उजुरीको चाङ्ग
काठमाडौँ, ४ फागुन । सञ्चारमाध्यमको विस्तारसंगै प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका घटना पनि बढ्र्द गएको छ । वेला बखत आचारसंंहिता उल्लङ्घनका ससचेत गराए पनि यसमा कमी आएको छैन । यस चालु वर्षमा काउन्सिलमा ३९३ घटनाका उजरी आएको छ । दर्ता भएको छ ।
गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । उल्लङ्घन गरिएकामध्ये उजुरीमा छापामाध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला पारेका घटनामध्ये १३ छापामाध्यम र २३१ विद्युतीयमाध्यम रहेका छन् । उल्लङ्घन गरिएका घटनामध्ये १९९ वटा फस्र्यौट गरिएको उहाँले बताउनुभयो ।
सूचना अधिकारी खनालका अनुसार काउन्सिलअन्तर्गतको छापामाध्यम र विद्युतीयमाध्यम आचारसंहिता अनुगमन उपसमितिको बैठकले काउन्सिलको पटक–पटकको मौखिक/लिखित आग्रहलाई अटेरी गर्ने १६ भन्दा बढी आमसञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ ।
तीमध्ये अन्नपूर्ण पोष्ट दैनिक, काठमाडौँ टुडे अनलाइनसहित तीन वटाले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै अवज्ञाकारीको सूचीबाट हटाउन निवेदन दिएकाले उक्त सूचीबाट हटाइएको छ भने गोरखापत्र दैनिकले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै हालै पत्राचार गरेको छ । सूचना अधिकारी खनालले सम्बन्धित पक्षको खण्डन छाप्न निर्देशन दिने, क्षमायाचनासहित खण्डन प्रकाशन गर्न निर्देशन दिने, आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न सचेत गराउँदै आचारसंहिता पालना गर्न निर्देशन दिने बताउनुभयो ।
काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई वर्गीकरणका लागि प्राप्त हुने आचारसंहिताको अङ्क घटाउने, प्रेस पास निलम्वनका लागि सिफारिश गर्ने, लोक कल्याणकारी विज्ञापनवापतको रकम समय तोकी रोक्का राख्न सिफारिश गर्ने, दुवै पक्षलाई झिकाइ मेलमिलाप गराउने र काउन्सिलको आदेश नमान्नेलाई अवज्ञाकारीको सूचीमा राख्ने गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्