प्रदेश ५ मा आज सार्वजनिक बिदा, प्रथम स्थापना दिवस मनाउँदै

काठमाडौं, फागुन ३ । प्रदेश ५ को प्रदेश सरकारले आज प्रथम स्थापना दिवस मनाउदैँ छ ।

प्रदेश सरकारको स्थापनाको वर्षदिन पुगेको अवसरमा शुक्रवार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि मनाउन लागीएको हो ।

दिवसको अवसर पारेर आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

शुक्रवार बिहानैदेखि बुटवलमा विभिन्न सांस्कृति र सामाजिक सद्भाव झल्काउने झाँकी निकालिएको छ ।

बुटवल बहुमुखी क्याम्पसबाट शुरु भएको झाकीसहितको र्याली बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत हुने छ ।

कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि हिजो प्रदेशका ६ वटै मन्त्रीले विभिन्न जिल्लाको राजमार्ग सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्