राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा संकटकाल घोषणाको तयारी, किन संकटकाल ?

काठमाडौं , फागुन ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् । अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेपछि ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संकटकाल लगाउने तयारी भइरहेको जनाएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा लागीएको बुझीएको छ ।

राष्ट्रपति ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर संसद्लाई छलेर सेनालाई छुट्याइएको बजेट पर्खाल लगाउन खर्च गर्ने तयारी गरेको बताइएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एक वक्तव्य जारी गर्दै राष्ट्रपति आफ्नो वाचा पूरा गर्दै पर्खाल बनाउने, सीमा सुरक्षित राख्ने र हाम्रो महान देशको सुरक्षा गर्नेतर्फ काम गर्न लाग्नुभएको जानकारी दिएकी छन् ।

तर विपक्षी सांसदहरूले भने शक्तिको चरम दुरुपयोग गर्न लागेको भन्दै राष्ट्रपतिको आलोचना गरेका छन् ।

विपक्षी डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन ५ अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरेपछि राष्ट्रपतिले संकटकाल घोषणा गरेर सेनालाई छुट्याइएको बजेट पर्खाल निर्माणमा खर्च गर्ने तयारीमा लागेका हुन ।

अमेरिकामा संकटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट पर्खाल परियोजनामा खर्च गर्न सक्नेछन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्