नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

काठमाडौं, २ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा प्राधिकरण कै वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल नियुक्त हुनुभएको छ ।  बिहिबार सार्वजनिक गरिएको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार नेपाल दूरसञ्चार प्राधिकरणकाको रिक्त रहेको अध्यक्ष पदमा वरिष्ठ निर्देशक खनाललाई कार्यबाहक अध्यक्षमा नियुक्त गरिएका हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अध्यक्ष पदमा वरिष्ठ निर्देशक खनाललाई कार्यबाहक अध्यक्षमा नियुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिनुभयो ।

केही समय अघि प्राधिकरणका अध्यक्ष डिगम्बर झाले राजीनामा दिएपछि प्राधकिरणको अध्यक्ष पद रिक्त हरेको थियो । यस अघि पनि मन्त्रालयले खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिईएको थियो ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्राधिकरणमा अध्यक्ष पछि दोस्रो बरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयल तानेर तेस्रो वरिष्ठ निर्देशक एवं प्रशासन तथा अनुमति शाखा प्रमुख रहेका खनाललाई अर्काे व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो ।
उहाँ दुरसञ्चार क्षेत्रमा लामो समयमासम्म काम गरेका अनुभवी, कुशल प्रशाशक हुनुहुन्छ । उहाँको कार्यकालमा प्राधिकरणले चुस्त रुपमा कार्यसम्पादन गर्ने कुरामा सबैको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्