सात न्यायाधीशको काज सरुवा सिफारिस, को–कहाँ भए त सिफारिस ?

काठमाण्डौ, फागुन २ । न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

परिषद्को बुधबारको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए ।

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका न्यायाधीशलाई उच्च अदालत विराटनगर, उच्च अदालत पाटनका न्यायाधीश राजकुमार बनलाई उच्च अदालत दिपायलमा, उच्च अदालत पोखराका न्यायाधीश वीरबहादुर डाँगीलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास सरुवा गर्न सिफारिश गरिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हेमराज पन्तलाई उच्च अदालत जनकपुरमा, प्रभा बस्नेत उच्च अदालत तुलसीपुर, बुटवल इजलास ९अहिले काजमा राष्ट्रिय न्यायिक प्रतिष्ठान० लाई उच्च अदालत पाटनमा र उच्च अदालत पाटन, हेटौँडा इजलास ९अहिले काज सर्वोच्च अदालत० लाई उच्च अदालत पाटनमा सरुवा गर्न सिफारिश गरिएको हो ।

बैठकले राजस्व न्यायाधीकरण विराटनगरको रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालतका न्यायाधीश प्रेमराज कार्कीलाई र राजस्व न्यायाधीकरण नेपालगञ्जको रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालतका न्यायाधीश हेमराज पन्तलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौडेललाई अदालतका कामसमेत गर्ने गरी विराटनगर जुटमिल्स लिमिटेडमा भएको अनियमितताको छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग खटाउनसमेत सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्