मौसमविद्को अनुमान्- आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने
काठमाण्डौ, फागुन २ । अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उनले बताउ ।
अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिए ।














प्रतिक्रिया दिनुहोस्