डीपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं, फागुन १ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज दुई खेल हुँदैछ ।

आजको खेलमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड तथा धनगढी स्टार्स र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं र महेन्द्रनगरले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा धनगढी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बिहान ९ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्