केन्द्रीय प्रशासन हाँक्ने कानुन नै ‘संघीयता विरोधी’

काठमाडौं, फागुन १ । संघीय सरकारको स्थायी प्रशासन कमान्ड गर्ने मुख्य कानुन नै संघीयताविरोधी रहेको पाइएको छ ।

प्रदेश र स्थानीय सरकारको प्रमुख प्रशासनिक पदमा केन्द्रीय निजामती सेवाका कर्मचारी रहने गरी सरकारले संघीय निजामती सेवा ऐन बनाउने गृहकार्य अन्तिम चरणमा पु–याएको छ । यो व्यवस्थाले प्रदेश र स्थानीय तहमा पनि केन्द्रकै कर्मचारीको हालीमुहाली चल्ने देखिएको छ ।

प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरूले केन्द्रकै कर्मचारीलाई रिझाएर काम गर्नुपर्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक बनाएको हो । अहिले प्रदेश मन्त्रालय र स्थानीय तहको प्रशासनिक अधिकृतलाई आर्थिक अधिकारसमेत दिइएको छ । ती सबै कर्मचारी केन्द्रीय सरकारकै खटनपटनमा छन् ।

केन्द्रीय प्रशासन हाँक्ने गरी बनाइएको संघीय निजामती सेवासम्बन्धी विधेयक पारित भएमा संविधानअनुसार प्रदेशमा गठन हुने प्रदेश लोकसेवा आयोगले पनि प्रदेश र स्थानीय तहको प्रमुख प्रशासनिक पदका लागि पदपूर्ति गर्न पाउनेछैन ।

प्रदेशमा बनाइने कर्मचारीसम्बन्धी सबै कानुन बनाउँदा संघीय निजामती सेवा ऐनलाई नै मार्गदर्शक कानुनका रूपमा लिनुपर्ने बाध्यकारी व्यवस्थासमेत विधेयकमा गरिएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्