नारायणीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु
काठमाडौं, फागुन १ । भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ। भारतको केन्द्रीय सरकारले गंगा नदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो।
भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले सोमबार बिहारको हाजिपुर ९गंगा र गण्डकको संगम०देखि बाघा (नेपालको सिमानानजिक) सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन्। यसबाट दुई मुलुकबीचको जलमार्ग निर्माण कार्यले गति लिएको मन्त्रालयले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
‘गण्डक नहरदेखि बिहारको हजिपुरसम्म बहने गण्डक ९एनडब्ल्यू३७०मा जलमार्ग निर्माण सुरु भएको छ,’ मन्त्रालयले आधिकारिक ट्विटरमा उल्लेख गरेको छ, ‘यससँगै गंगा नदीले नेपाललाई जलमार्गबाट वाराणसी रिभर टर्मिनल र हल्दिया तथा कोलकाता बन्दरगाहमा जोड्नेछ।’
यसले नेपालको आयात–निर्यातलाई वातावरणमैत्री तथा कम लागत हुने यातायातको विकल्प खुला गरिदिनेसमेत मन्त्रालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्