युरोपियन च्याम्पियन्स लिग: पीएसजीसँग म्यानचेस्टर युनाईटेड पराजित, रोमाले हरायो पोर्टोलाई
काठमाडौं , फागुन १ । युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् ।
गएराति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० र ए।एस। रोमा विजयी भएका छन् ।
फ्रान्सको पिएसजीले इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो । पाहुना टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ।
राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा ईटालीको ए।एस रोमाले पोर्चुगलको एफ।सी पोर्टोलाई २–१ ले हरायो ।
ईटालीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन दुबै गोल निकोलो जानिलोले गरे । पोर्टोका लागि एड्रियान लोपेजले एक गोल फर्काए ।
रोमा र पोर्टो तथा म्यान्चेस्टर युनाइटेड र पि।एस।जी।बिचको दोस्रो लेगको खेल आगामी मार्च ७ तारिखमा हुनेछ । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् ।
आज नदेरल्याण्ड्सको आयाक्स र स्पेनको रियाल मड्रिड भिड्दा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले जर्मनीको बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्