खोसिँदै अंगरक्षकः विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता

काठमाडौँ , फागुन १ । नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौति नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ ।

विशिष्ट ब्यक्ति सुरक्षा कार्यविधी विपरित खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्यूटीमा खटाएको हो ।

प्रहरीप्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरित खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाएको हो ।

यस्ता दुई सय ८० प्रहरीलाई नियमित ड्यूटीमा खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘जसका लागि अंगरक्षक खटाएको छ, उनीहरुलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अहिलेसम्म दुईसय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ ।’ (नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्