रक्षामन्त्री पोखरेलद्वारा दीक्षान्त कवाजको निरीक्षण
काठमाडौं, २९ माघ । राष्ट्रिय सेवा दलका सह संरक्षक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सेवा दलद्वारा सञ्चालित सि.सं. १४ सिनियर डिभिजन र सि.सं.४५ जुनियर डिभिजन एनसिसि तालिममा सहभागी क्याडेट छात्रछात्राहरुको वार्षिक सामुहिक क्याम्पहरु मध्ये नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल, मध्य तालिम शिक्षालयमा सञ्चालन भएको चौथो चरणको सिनियर डिभिजन एनसिसि तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नु भएको छ ।
अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाहरु प्रति सम्मान, मुलुक प्रति समर्पित, राष्ट्रियताको लागि नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि।सं। २०२२ बाट सञ्चालन गर्दै आईरहेको छ ।
सोही अवसरमा उक्त शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अर्जुन खड्काबाट तालिम सम्बन्धी ब्रिफिङ भए पश्चात माननीय रक्षामन्त्री पोखरेलले क्याडेटहरुबाट हुने मोटिभेशनल ब्रिफिङ्ग तथा विभिन्न प्रदर्शनीहरुको अवलोकन, क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुको साथै क्याडेटहरुलाई सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्